संविधान संशाेधन विधेयक पारित भएपछि जुम्लामा दीप प्रज्वलन {तस्वीरहरु}

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट आज (शनिबार) सर्वसम्मत पारित हुँदा जुम्लामा दीप प्रज्वलन गरिएको छ। 

जुम्ली युवाहरुको एक समुहको अगुवाइमा कृष्णमन्दिर नजिक नेपालको नयाँ नक्सा बनाई दिप प्रज्वलन गरि खुसियाली मनाइएको हो। 

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हिजोपनि नेपालको थियो र आजपनि छ र रहिरहनेछ,’ कार्यक्रममा बोल्दै प्रज्वल महतले भने, ‘सरकारको यो कदमको हामी समर्थन गर्छौं। तर यो सरकार भ्रष्टाचारमा लिप्त छ, जसको हामी विरोध गर्छौं।’

सरकार र नेपालका सबै राजनीतिक दलले साहसी र ऐतिहासिक कदम चालेको हुनाले आजको दिन नेपाल र नेपालीको दिन गौरवमय रहने अर्का युवा हरिश रोकायाले बताए।

‘आज नेपालको लागि गौरवमय दिन हो। यो दिन इतिहासमा दर्ज हुनेछ,’ उनले खुसी हुँदै भने।

‘सरकारले नेपालको नक्सा सार्वजनिक गर्नु खुसीको कुरा हो,’ उनीहरु सबैको एक स्वार छ, ‘अब सरकारले गुमेको भूमि पनि फर्ता गरोस्।’


 

प्रकाशित मिति: : 2020-06-13 20:03:49

प्रतिकृया दिनुहोस्