भारत हाम्रो जन्मभूमी हो भारत कै गाउँछौँ नाम ।
नागरिक हामी यो देशको गोर्खाली हाम्रो नाम ।।
जसका सिरमा हिमाली मुकुट चरण सागर ।
नाना थरिका भेष र भूषा आचार अपार ।।
हिमाली पहाड तराई बस्ने रमाउने सोही ठाँउ ।
मातृ भूमिको न्यानो काखमा यसैको गाउँछौं नाउँ ।।
गोर्खली पहिरण दौरा र सुरुवाल चौबन्दी चोलिले ।
सत्यका पथिक वीरका सन्तान दर्दैनौ गोलिले गोलिले ।।
भारत भूमिमा जन्म लिएर गर्व छ हामिलाइ ।
नपरोस किन शीर चडाउन हासेर तिमी लाई ।।
आसामी काखमा खेलेको मैले भारत आगनी ।
प्राण नछुटोस किन यो मेरो गर्नमा निगरानी ।।
शिर चडाउछु प्राण चडाउछु त्यो स्नेह सम्झेर ।
शत्रुका आँखा फ्यालि दिन्छु सधैलाइ झिकेर ।।
मिलेर बसि उन्नति गरौ आउन दाजु भाइ ।
भुलेर पिडा आनन्द आउला भारत माता लाई ।।