नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेको जानकारी दिए। यससँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको उनले बताए।
यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको गौतमले बताए। उनमा केोरोना पुष्टि भएको छ।
यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।