नेपाली भूमि नाभी, कुटी र गुन्जीका भारतीय सरकारी अधिकारीहरु

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

नेपाल सरकारले लिम्पियाधुरा, लिपुखेक र कालापानी भारतयी पक्षले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिकपछि नाभी, कुटी र गुन्जी गाउँसमेत एकाएक चर्चामा आएका छन्। ती गाउँका नागरिकहरुको जनजीवन कस्तो होला भन्ने तमाम जिज्ञासा नेपालीहरुमा छन्। सरकारले संविधान संशोधन विधेयकसमेत पारित गरिसकेपछि नेपाल एक ढिक्का भएको छ।

भारतले विद्यालय, खानेपानी, स्वास्थ्य चौकी र खेल मैदान लगायतका संरचनाहरु बनाएको छ। नाभी, कुटी र गुन्जीमा बसोबास गर्नेहरुको करिब ३ हजार हाराहामीमा जनसंख्या रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। उत्तराखण्ड राज्यले तीन गाउँलाई सरकारी जागिरमा समेत विशेष आरक्षण दिने गरेको छ। 

नेपालले पछिल्ल नक्सामा लिपुखेक, लिम्पियाधुरा र कालापानी समेटिए बनाएको नक्सापछि तीन गाउँका स्थानीयहरु अहिलेसम्म कहिकतै बोलेका छैनन्। नेपालीभूमि नाभी, कुटी र गुन्जीका स्थानीयलाई भने उत्तराखण्ड राज्यले प्रसाशनिक र प्रहरी सेवाका अधिकारीहरुको उत्पादन गर्ने गाउँका रुपमा चिन्ने गरेको छ। ऐतिहासिक र भौगोलिक रूपमा महत्वपूर्ण मानिने पहाडी गाउँहरुको भाषा र संस्कृति भने फरक छ। 

नाभी, कुटी र गुन्जीबासी प्रहरी र प्रसाशनिक क्षेत्रमा लगातार आइरहेका छन्। तीन गाउँका दर्जन बढी स्थानीयहरु अहिलेपनि प्रहरी र प्रसाशन तर्फको अधिकारी पदहरुमा कार्यरत छन्। गुन्जी गाउँका सन्जय गुञ्ज्याल भारतीय प्रहरी सेवा तर्फका आइजीपी हुन्। उनी यूपीमा कार्यरत छन्। त्यस्तै, विनोद गञ्जयाल भारतीय प्रसाशनिक सेवा बिहारमा सीडीओ पदमा कार्यरत रहेका छन्। सोही गाउँका धीरेन्द्रसिंह गुञ्जयाल र अजय सिंह नाबियालएसपी हुन्। उनीहरु उत्तराखण्डको राज्यमा कार्यरत छन्। कुटी गाउँका हेमन्त कुटियाल यूपीमा कार्यरत छन्। विमला गुञ्जयाल उत्तराखण्डमा डीआईजी हुन्। यी सँगै नाभी, कुटी र गुन्जीका थ्रुपै स्थानीयहरु भारतीय सरकारी जागिरमा कार्यरत छन्। 

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाको कुराकानीमा भारतीय प्रहरी सेवा तर्फका आइजीपी  गुञ्जयालले पिथौरागढ जिल्लाको गुन्जी गाउँ व्यवसायका लागि धेरै प्रख्यात रहेको बताएका छन्। चीनको तिब्बतका मानिसहरुपनि गुन्जीमा सामान किनबेच गर्न आउने–जाने गरेको गुञ्जयालको भनाई छ। गुन्जी गाउँमा स्थानीय प्रसाशनबाट अनुमति लिएपछि मात्रै जान पाइन्छ। 

गुन्जी कैलाश मानसरोवर भ्रमण यात्राको अन्तिम गाउँ पनि हो। गुन्जीबाट कालापानीको दूरी १० किलोमिटर रहेको छ। नाभी, कुटी र गुन्जी गाउँमा कुनै विवाद वा छिटपुट हिंसाको कुनै रिपोर्ट नभएको भारतीय संचारमाध्यम न्यूज–१८ ले बताएको छ।

भारतले उत्तराखण्डको पिथौरागढ़ जिल्लाको भूमि दाबी गरेपनि, यी तीन गाउँ नेपाली हुन् भन्ने कुरामा कुनै दुईमत नै छैन। नाभी, कुटी र गुन्जीका नागरिकले नेपाललाई तिरो तिरेका र सुगौली सन्धिपछि नेपालले भोक चलन रहेका थ्रुपै दरिला प्रमाणहरु सरकारसँग सुरक्षित छन्। विसं २०१८ सालमा तत्कालिन फिल्ड प्रमुख तथा वरिष्ठ पत्रकार भैरव रिसालले ती गाउँमा जनगणना समेत गरेका थिए। 

सन् १९६२ मा भारत र चीन युद्धपछि पानापानीमा भारतीय सैनिक बसेपछि नाभी, कुटी र गुन्जीसँग नेपालको सम्पर्क टुटेको हो। कुनै समय नेपालीहरु लिपुखेक भएर चीन व्यापार गर्न जाने गरेका थिए। जब, सैनिक कालापानीमा बस्यो दार्चुलबासीहरुका लागि त्यो बाटो बन्द गरिदियो।

प्रकाशित मिति: : 2020-06-13 13:38:29

प्रतिकृया दिनुहोस्