विश्व स्वास्थ्य संगठनका (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस एडहानम गिब्रिएसुसले विश्वमा कोरोना भाइरस महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढ्न थालेको बताएका छन्।
उनले कोरोनाविद्धको संघर्ष अन्त्य नभएको भन्दै अति संवेदनशील यो भाइरसको दोस्रो लहरले आक्रमण गर्ने सम्भावना रहेको बताए।
उनले भाररसमाथि केही नियन्त्रण पाएपनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्नेमा जोड दिए।
उता डब्ल्युएचओ कार्यकारी निर्देशक डा माइकल रायनले पनि विश्व अहिले महामारीको पहिलो लहरसँग जुधिरहेको भन्दै यूरोपका केही मुलुक, दक्षिण पूर्वी एशिया, उत्तरी अमेरिकामा संक्रमण उच्च विन्दुमा पुगेको बताए।
केही मुलुकमा अब संक्रमणका नयाँ मामिला आइरहको र यसलाई संक्रमणको दोस्रो लहर भन्न सकिने उनको भनाई छ।
यता चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ।
वेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ।
यस्तै दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएका छन्। जसकारण थप सावधानी अपनाइएको त्यहाँको सरकारले जनाएको छ।