प्रधानमन्त्रीज्यू ! युवाले सत्ता होइन हिसाब मागेका हुन्

बाह्रखरी

काठमाडौँ

अक्षर काका

विनोद देउवा ठकुरी राजनीतिमा खासै चासो राख्दैनथे । देश–देशावरमा केही भइरहेको छ, राजनीतिक हिसाबले समाज कत्तिको सचेत, प्रगतिउन्मुख बन्दैछ, परिवर्तनको आलोकमा समाजका मानिस कत्तिको जागरुक बन्दैछन् आदि भन्दा पाठ्यपुस्तक र प्रविधिले सिर्जना गरेका कुराहरू नै प्राथमिकतामा पर्थे । 
पत्रपत्रिका, टेलिभिजनका पर्दामा शासकको अनुहार आक्कलझुक्कल देखे पनि नियतबारे जानकार हुन पाएका थिएनन् । जानकारी राख्ने इच्छा पनि थिएन भन्दा हुन्छ ।

जब कोरोना कहरले सरकारको अनुहार चिनाइदियो, शासकीय चेत, नियतको पर्दाफास भयो, राज्यसत्ताको बेथितिसँग चिनापर्ची भयो, उनको प्राथमिकता, रुचि बदलिएको छ । चासो र चिन्ताको क्षेत्र पनि फेरिएको छ । सडकमा बिरलै निस्कन रुचाउने र नारामा सुनिने विनोद अहिले आफैं आन्दोलनका ‘सर्जक’ बन्न पुगेका छन् । सामाजिक सञ्जाल, फेसबुकमार्फत आन्दोलनको ‘प्रबन्ध’ मिलाइरहेका छन् ।

प्रकाशित मिति: : 2020-06-12 20:44:03

प्रतिकृया दिनुहोस्