नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुगंटाले पर्साको पाँच वटा बर्थिङ्ग सेन्टरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।
उनको पहलमा सुरक्षित मातृत्व स्वास्थ्य संजाल महासंघले उपलब्ध गराएको स्वास्थ्य सामाग्री शुक्रबार नारायणी अस्पताल, बगही प्राथमिक उपचार केन्द्र, पर्सागढी नगरपालिकाको बागेश्वरी स्वास्थ्य केन्द्र, बगवना बर्थिङ्ग सेन्टर, बहुदरमाई नगरपालिकाको प्राथमिक उपचार केन्द्र विश्रामपुरलाई हस्तान्तरण गरेका हुन्।
नेता रुंगटाले प्रत्येक स्वास्थ्य संस्थालाई पीपीई सेट ८ थान, सेनिटाइजर १० लिटर, थर्मल गन १ वटा, बुट २ जोडी, पेपर मास्क ५ प्याकेट, एन ९५ मास्क ५० वटा, सेनेटरी प्याड २० प्याकेट, साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरे।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेता रुगंटाले सबैजना एकजुट भएर यस कोभिड महामारीसङ्ग जुध्ने अवस्था आएकाले यस विपद्को समयमा सबैले सक्दो सहयोग गर्न अपिल समेत गरे।
‘प्रस्व केन्द्र नयाँ सन्तानको जन्मको केन्द्र रहेकाले बर्थिङ्ग सेन्टर पनि सुरक्षित हुनु पर्ने भन्दै यस जोखिमको समयमा सोहि अनुरुप स्वास्थ्य सामाग्री सह्योग मिलाउन आफु ले पहल गरेको,‘ उनले भने।