स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ भएकने जनाएको ५, आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा परीक्षण भएको छ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख १५ हजार ९३० र आरडीटीबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएको जानकारी दिए।
उनका अनुसार हाल देशभर १ लाख ६२ हजार क्वारेन्टाइनमा रहेका छन्।
यस्तै देशभर ३ हजार ७ सय ३८ जना आइसोलेशनमा छन्।