कर्णाली प्रदेश अस्पतालबाट थप ३१ संक्रमित डिस्चार्ज हुँदै

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित डिस्चार्ज हुने भएका छन्।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार ११ महिला र २० पुरुषलाई बिहीबार साँझ घर पठाउन लागिएकाे हाे।

३१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिन लागेकाे उनले बताए।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४, चौकुने गाउँपलिकाका ४, बराहाताल गाउँपालिकाका ४, गुर्भाकोट नगरपालिकाका १, सिम्ता गाउँपालिकाका २ र स्थानीय तहको नाम नखुलेका २ जना रहेका छन्।

यस्तै, दैलेखका १, सल्यानका २, र बझाङका १ जना रहेका छन। प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन्।

प्रकाशित मिति: : 2020-06-11 15:38:40

प्रतिकृया दिनुहोस्