सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड थप चार जनाभर्ना भएका छन्।
कैलाली र बाजुराका आरडिटी पोजिटिभ देखिएका चार जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कैलालीको घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका ९ का ३२ वर्षीय पुरुषलाई हिजो आइसोलेसन वार्डमा भर्ना गरिएको हो।
यस्तै आरडिटी पोजिटिभ देखिएका बाजुराको त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष र ४९ वर्षीया महिलालाई पनि भर्ना गरिएको छ।
‘उहाँहरुमध्ये कैलालीका ४८ वर्षीय पुरुषको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आइसियुमा राखेर उपचार गराइराखेका छौं,’ सूचना अधिकारी श्रेष्ठले भने।
उनीहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन भइसकेको छ।