जब प्रहरीले हानेको पानीको त्यो फोहरा ममाथि बज्रियो... (फोटो पत्रकारको डायरी)

पहिलोपोष्ट

काठमाडौँ

समर्थ रञ्जित

सोमवार साँझ फोटो पत्रकार साथी अनिल आङ्देम्बेले फोन गरे र भने – 'भोलि बिहान के काम छ समर्थ? खाली छौ भने आन्दोलन खिच्न जाऔं। शान्तिपूर्ण हो, राम्रो फोटो बन्छ।'

लकडाउनको समयमा आन्दोलन?

मैले सोध्नु अघि नै उनले प्रष्ट पारे – आन्दोलनकारी शारीरिक दूरी कायम गरेर बस्छन्। शत् प्रतिशत पीसीआर टेस्टको माग राख्छन्।

विषय रोचक लाग्यो। नभन्दै इन्स्टाग्राम, फेसबुकतिर मंगलवार हुने भनिएको आन्दोलनको चर्चा चलिसकेको रहेछ।

मंगलवार बिहान ९ बजे नै घरबाट निस्किएँ। बालुवाटार पुगेँ। पत्रकार, फोटो पत्रकार साथीहरु जम्मा भइसकेका रहेछन्। पहिलोपोस्टका साथीहरु प्रवीण रानाभाट, रोजन श्रेष्ठ र अमित मचामसी त्यहीँ थियौं। आन्दोलनकारीहरु नदेखिएकाले हामीले योजना बनाउन भ्यायौं – को कताबाट खट्ने? कसरी खिच्ने? अनि कसरी सुरक्षित रहने।

साथी प्रवीणले सधैंजस्तै सबैलाई सम्झायो – 'शान्‍तिपूर्ण भएकाले आन्दोलनको जोखिम छैन। कोरोनाबाट चाहिँ बचौं है साथीहरु। कसैको पनि धेरै नजिक नजाऔं।'

प्रकाशित मिति: : 2020-06-11 07:21:15

प्रतिकृया दिनुहोस्