बाबुरामकाे व्यंग: प्रधानमन्त्री ओलीमा ‘अजासु प्रवृत्तिको रोग’ देखियाे

जनता समाजवादी पार्टीका वरिष्‍ठ नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘अजासु प्रवृत्तिको रोग’ देखिएको टिपप्णी गरेका छन्।

ओलीले अहिले संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै छन्। 

त्यसक्रममा ओलीले कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताएका थिए।

त्यसैप्रति व्यंग गर्दै भट्टराईले ट्वीट गर्दै ओलीमाथि प्रश्न गरेका हुन्।

‘प्रम को सबभन्दा ठूलो रोग डनिंग–क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो। संसदमा उभिएर पटकपटक उही दिव्य उपदेश१कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे१  क्वरेन्टीनमा बस्नेहरूको यत्रो विजोग,परीक्षणको अभाव,विदेशबाट फर्कनेहरूको कन्तविजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे,’ उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-06-10 14:33:46

प्रतिकृया दिनुहोस्