मृत्यु भएकाहरु सबै कोरोनाकै कारण होइन : प्रधामन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट अहिलेसम्म निधन भएका १५ जना सबै कोरोनाकै कारण मात्र मृत्यु नभएको बताएका छन् । 

संसदमा बुधबार बजेमाथि मन्त्रालयको जवाफ दिने क्रममा उनले अन्य विभिन्न रोगका कारण उपचार गराई रहेकाहरुमा संक्रमण हुन पुग्दा उनीहरुको मृत्यु भएको बताएका हुन् । उनले नेपालमा कोरोनाका कारण मृत्युदर निकै कम रहेको बताए । 

उनले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको भन्दै अन्य देशको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या कम हुने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले नेपालमा देखिएका कुल संक्रमित मध्ये ८५ प्रतिशत संक्रमित भारतबाट आएको बताए । 

प्रकाशित मिति: : 2020-06-10 12:18:25

प्रतिकृया दिनुहोस्