मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउनको मोडालिटीबारे आजै निर्णय नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। 

मंगलबारका लागि तय भएको बैठक स्थागित भएपछि उनले बुधबार दिउँसो २ बजे लागि बैठक बोलाएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकमा लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा पनि छलफल हुने थापाले बताए। 'नियमित बैठक बस्न लागेको हो। विभिन्न क्षेत्रका प्रस्तावबारे छलफल हुनेछ। तर आजकै बैठकले लकडाउनको मोडालिटीबारे भने निर्णय हुँदैन,'उनले भने।

यसअघि आइतवार राति अबेरसम्म प्रधानमन्त्री ओली सम्मिलित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउन मोडालिटीबारे छलफल भएको थियो। अबेर रातिसम्म प्रधानमन्त्री सहभागी भएर बैठक बसेपनि कुनै टुंगोमा भने पुगेको थिएन।

प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका २५ जना विज्ञहरुसँग लकडाउन कसरी खुकुलो बनाउने भन्ने विषयमा पनि छलफल गरेका थिए। विज्ञहरुले लकडाउन खुकुलो बनाउनको विकल्प नभएको सल्लाह दिएका थिए। 

तर लामो समयदेखि लकडाउन खुकुलो बनाउँदै जाने विषयमा मन्त्रिपरिषद तथा उच्चस्तरीय समितिले के गर्ने भन्ने टुंगो लगाएका छैनन्।

प्रकाशित मिति: : 2020-06-10 11:53:18

प्रतिकृया दिनुहोस्