काठमाडौंमा किन बढ्दैछ चराचुरुंगीको चिरबिर?

सेतोपाटी

काठमाडौँ

समिक्षा अधिकारी

करिब दुई महिनाअघि अफ्रिकाको सडकमा बेग्लै चहलपहल देखियो। आसपासका मान्छे के भयो भनेर हेर्न थाले। उनीहरूले देखेको दृश्य निकै रोचक थियो। मोबाइलबाट भिडिओ खिचे जुन भाइरल भयो- सडकमा तीन वटा पेनगुइन टुकुटुकु हिँडिरहेका। केप टाउनमा हिँड्दै गरेका ती पेनगुइन बिना डरधक सडक पार गर्दै थिए।

त्योभन्दा अलि अगाडि अफ्रिकाकै क्रूगर राष्ट्रिय निकुञ्जको 'रेस्ट क्याम्प' बाहिरको सडकमा सिंहको बथान आरामले सुतेका तस्बिर सार्वजनिक भएको थियो।

लकडाउनले घरभित्र थुनिएका मान्छेलाई पशुपंक्षीका यी निस्फिक्री गतिविधिले लोभ्याएको छ।

काठमाडौं उपत्यकाकै कुरा गरौं। गाडी र मान्छेको घन्चमन्च भएको मध्य सहरमा चराचुरुंगीको चिरबिर सुनिन्थेन। कोलाहलले उनीहरूको आवाज दबिन्थ्यो होला। अहिले अवस्था फेरिएको छ। हिजोआज चराचुरुंगीको चिरबर चर्को गुञ्जिन थालेको छ।

प्रकाशित मिति: : 2020-06-10 07:38:34

प्रतिकृया दिनुहोस्