नयाँ पत्रिका विस्तृत रिपोर्ट: सेनाद्वारा दुई अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद, सर्जिकल मास्कमा मात्रै राज्यलाई २६ करोड ६२ लाख नोक्सानी

अर्जुन अधिकारी

ओम्नीसँगको सम्झौता रद्द गरेपछि कुल दुई अर्ब ६५ करोडको स्वास्थ्य सामग्री खरिदमा ८५ प्रतिशत (दुई अर्ब २५ करोड)को जिम्मा सेनाले र १५ प्रतिशत (४० करोड २२ लाख)को जिम्मा स्वास्थ्य सेवा विभागले लिएका थिए । सँगै प्रक्रिया सुरु गरेको विभागले १५ रुपैयाँका दरले ल्याएका सर्जिकल मास्कलाई सेनाले ५२ रुपैयाँ ५२ पैसा तिरेको छ । यसरी एउटा मास्कमा ३७.५२ रुपैयाँ बढी तिर्दा ७० लाख ९६ हजार ३३५ मास्कमा देशलाई २६ करोड ६२ लाख क्षति भएको छ । 

स्वास्थ्य विपत्को यो वेला राष्ट्रिय ढुकुटी खर्च गर्ने नयाँ–नयाँ परीक्षण हुन थालेका छन् । अत्यधिक मूल्यमा ओम्नी समूहलाई ठेक्का दिएको भनेर मिडिया र नागरिक समाजले विरोध गरेपछि ठेक्का सम्झौता रद्द गरेको सरकारले स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिएको थियो । तर, सेनाको खर्च पनि पारदर्शी देखिएको छैन, बरु सामान्य सामग्रीमा पनि अस्वाभाविक खर्च भएको प्रमाण नयाँ पत्रिकाले प्राप्त गरेको छ ।

प्रकाशित मिति: : 2020-06-10 07:08:00

प्रतिकृया दिनुहोस्