प्रधानमन्त्रीको व्यस्तताका कारण आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक सर्‍याे

जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद बैठक सरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू संसदमा व्यस्त भएको कारण बैठक सारिएको हो। 

बैठक बुधबार २ बजेका लागि तय भएको छ।

आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको थियो। 

यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।

प्रकाशित मिति: : 2020-06-09 19:26:24

प्रतिकृया दिनुहोस्