लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने भएको छ। यसकालागि छलफल गर्न मंगलबार मन्त्रपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे निर्णय हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।

यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।

प्रकाशित मिति: : 2020-06-09 14:55:30

प्रतिकृया दिनुहोस्