सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको होइन भन्ने सांसदलाई कारवाही गर्न माग गरेकी छन्।
सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद नन्दा चपाईँले कारवाही गर्न माग गरेकी हुन्।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ,’उनले भनिन्।
यस्तै उनले नेपालको सदनमा हिन्दी भाषा बोलेको भन्दै विरोध जनाइन्। ‘नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु,’उनले भनिन्।