अमेरिकाको 'रंगभेद कथा' बुझाउने ६ फिल्म, युट्युबमा

सेतोपाटी

काठमाडौँ

प्रभाकर गौतम

अमेरिकामा यही मे २५ का दिन सुरक्षाकर्मीले घाँटी थिचेर अश्वेत नागरिक जर्ज फ्लोयडको 'हत्या गरेको' घटनापछि पूरै देश अशान्त छ। गोरो छाला र कालो छालाबिच अन्तरको आधारमा हुने रंगभेदी व्यवहारको यो पछिल्लो प्रमाण हो।

हत्याको घटना र त्यसप्रतिको स्वभाविक आक्रोश अमेरिकाको इतिहासको पहिलो घटना भने होइन। दशकौंदेखि अमेरिकी राज्यले कालो वर्णका नागरिकमाथि संरचनागत र नीतिगत रूपमै विभेद गर्दै आएको छ। 'दासप्रथा उन्मूलन' र 'सिभिल राइट्स मुभमेन्ट' बाट पनि अन्त नभएको विभेद मेट्न अहिले पनि हजारौं मानिस सडकमा प्रदर्शन गर्न बाध्य छन्।

यस्तै बाध्यता झल्किने केही फिल्म र डकुमेन्ट्रीको सूची यहाँ राखिएको छ। सबै फिल्म सत्य घटना नजिक रहेकाले अश्वेत नागरिकका विभिन्न चरणका संघर्ष बुझ्न यी फिल्म पक्कै उपयोगी हुनेछन्।

प्रकाशित मिति: : 2020-06-09 08:29:54

प्रतिकृया दिनुहोस्