कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष, प्रधानमन्त्रीलाई ज्ञापन बुझाइने

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ। 

सोमबारको बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ। 

प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।यस्तै पार्टीका तर्फबाट भने बरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले ज्ञापन पत्र बुझाउने छन्। 

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमिताको बिषयमा संसदीय छानविन गठन गर्नुपर्ने मागसमेत कांग्रेसका केन्द्रीय सदस्यहरुले उठाएका छन्।

तर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार संसदमा स्वास्थ्य मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको खर्च पारदर्शी भएको दाबी गर्दै खर्च देखाउन तयार रहेको बताएका छन्।

 

प्रकाशित मिति: : 2020-06-08 20:00:19

प्रतिकृया दिनुहोस्