चितवनमा ३० जनामा कोरोना पुष्टि

चितवनमा थप ३० जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल चितवनले जारी गरेको पछिल्लो तथ्यांक अनुसार २४ गते प्राप्त नमुना स्वाबको पीसीआर परीक्षणबाट भरतपुर महानरगरपालिकास्थित क्‍वारेन्टाइनमा बसेकाहरुमध्ये ७ जनामा कोरोना संक्रमण भएको पाइएको हो। सातै जना भरतपुर महानगरपालिकाका पुरुषहरु रहेका छन् ।

नयाँ कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिका-२८ का १७ र ३५ वर्षीय पुरुष, वडा नमेबर २० का २३ वर्षीय पुरुष, वडा नम्बर २७ का ३५ वर्षीय पुरुष, वडा नम्बर १९ का १९ वर्षीय पुरुष र वडा नम्बर ११ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

यसअघि आजै दिउँसोको बुलेटिनमा चितवनमा २३ जना कोरोना संक्रमित फेला परेका छन्। भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये १७ जना चितवनका हुन् । त्यस्तै पाँच जना नवलपुर र एक जना धादिङ्का व्यक्ति रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।

कोरोना संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यस्तै निजि अस्पतालमा काम गर्ने १७ र २४ बर्षिय पुरुषमा पनि कोरोना पुष्टिभएको तिवारीले जानकारी दिए ।

पोजिटिभ देखिएकामध्ये भरतपुर–३ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
त्यस्तै दुई जना कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचाररत बिरामी हुन् । उनीहरु २५ वर्षका पुरुष र ६६ वर्षीया महिला रहेको डा। तिवारीले जानकारी दिए । उनीहरु चितवनकै हुन् वा बाहिरको भन्ने एकिन जानकारी भरतपुर अस्पतालले खुलाइसकेको छैन ।

पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् ।

भरतपुर महानगरपालिकाका ५ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया महिला हुन् ।
नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् ।

राजविराज–९ का एकजना महिला हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । उनी ६२ वर्षकी छन् । त्यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

यो सँगै चितवनमा हाल कोरोना संक्रमितको संख्या ३० पुगको छ।

प्रकाशित मिति: : 2020-06-08 18:16:17

प्रतिकृया दिनुहोस्