ज्ञवाली र सापकोटा सचिव बढुवा

बिएल संवाददाता

काठमाडाै‌ं

न्याय सेवा आयोगले दुई सहसचिवको सचिवमा बढुवा गरेको छ।

आयोगमा सोमबार बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको हो।

नवनियुक्त सचिव ज्ञवाली मन्त्रिपरिषद् कार्यालय र सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएका छन्।

यता ऋषि राजभण्डारी कानुन मन्त्रालयको सचिवमा सरुवा भएका छन्। राजीव गौतम अवकाश भएपछि राजभण्डारी कानुन मन्त्रालयमा सरुवा भएका हुन्। 
 

प्रकाशित मिति: : 2020-06-08 17:56:30

प्रतिकृया दिनुहोस्