सम्बन्धमा उस्तै मिठास झल्किनु पर्छ 

सम्बन्धमा उस्तै मिठास झल्किनु पर्छ 
म बदलिन्छु, तिमी पनि सुध्रिनु पर्छ 

हिरालाई हिरा बन्न कहाँ सजिलो छ
हजारौँ साल च्यापिएर पर्खिनु पर्छ 

हिमाल त्यसै हिमाल बनेको होइन बुझ्नुस् 
उचाई   लिनुपर्छ   उसले अग्लिनु पर्छ 

अचेल भेट्नै नमिल्ने समय आएको छ
जीवन जोगाउनुछ ,हामी छुट्टिनु पर्छ 
                       -  तारा पल्लवी
                          धनगढी, कैलाली

प्रकाशित मिति: : 2020-06-06 14:22:13

प्रतिकृया दिनुहोस्