म !
अति माया गर्छु तिमीलाई
यस्को लेखा जोखा नै छैन
तिम्रो घृणा'नि प्रिय छ प्रिये
माया गर या नगर मलाई।
मैले रूप हेरेर लगाइन माया
मैले यौवनसँग जोडिन माया
मैले त माया गरें देखेर तिम्रो
सरल र सहज त्यो आत्मासँग।
मेरो विचारसँग मिल्ने विचार तिम्रो
मेरो चाहसँग मिल्ने चाहना तिम्रो
मेरो आचारसँग मिल्ने आचार तिम्रो
मलाई चाहिएको सम्पदा नै यही हो।
तिमीले छोडेको दिन्
चातक हुनेछु म
तिमीले मोडेको दिन्
याचक हुन्छु म
सक्दिन छोड्न न नै मोड्न
बरू सेरिनेछु म
अब के गर्छ्यौ निर्णय
सुम्पिएँ है तिमीलाई म।