तरकारी ढुवानी सिडिओ र प्रहरीले राेकेका होइन: गृह मन्त्रालय

बिएल संवाददाता

काठमाडाै‌ं

गृह मन्त्रालयले कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा जिल्ला प्रशासन अथवा प्रहरीले रोक नलगाएको दावी गरेको छ । 

सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले समेत यसको विरोध गरेको थियो । 

मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको जोड थियो ।

गृहमन्त्रालयका प्रवक्ता केदार शर्माले कृषि उपज ढुवानीमा रोक्ने कामबाट कसले गरिरहेको छ त्यसको पहिचान गर्ने र त्यस्तो हुन नदिन जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाइएको बताए ।

उनले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको बताए । 

प्रकाशित मिति: : 2020-06-03 18:40:17

प्रतिकृया दिनुहोस्