आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले उनका बाबुलाई पक्राउ गरेको छ। कैलालीको चुरे गाउँपालिका ५, भासु बजारमा बस्दै आएको वर्ष ४५ को व्यक्तिलाई ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले गए राति करिब साढे १० बजे तिर सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा पक्राउ गरेको हो।
निजको बारेमा गत जेठ १७ गते राति प्रहरीमा उजुरी परेपछि घरबाट भागेका थिए।३ रात ३ दिनको प्रहरीको अथक खोजीले तेस्रो दिन सहजपुर जंगलबाट भागिरहेको अवस्थामा बिश्वकर्माको टोलीले घेराहाली पक्राउ गरेको हो।
पीडक बाबुले भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलात्कार गरेको पीडित युवतीले बयान दिएकी छन्।
बालिकालाई कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिदै आएका थिए। यस्तै हर्कतका कारण निजलाई कुनै पनि ठाउँ बाट २ वा ३ महिना पछि स्थानीयले धपाउने गरेको पीडित बताउँछिन्। पक्राउ परेका व्यक्तिलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाउने ईलाका प्रहरी प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माले बताए।