‘असार १ गतेदेखि ‘भर्च्युअल’ शैक्षिक गतिविधि सुरु हुन्छ, शैक्षिक संस्थाहरु अहिल्यै खुल्दैनन्’

देशसञ्चार

काठमाडौँ

आर्थिक वर्ष २०७७/०७८का लागि भर्खरै बजेट आएको छ। शिक्षामा बजेटले कस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ? नयाँ कार्यक्रमहरु केही छन्?

पहिलो कुरा यति ठूलो कोभिड १९ को महाविपत्तिको बेलामा शिक्षाको बजेट घटेन, बढेर आएको छ। मैले धन्यवाद दिनुपर्छ। बढेर आएको बजेटले हाम्रा सबै अपेक्षाहरुलाई अझै पनि सम्बोधन गर्न सक्दैन। अझ फेरि विज्ञान र प्रविधि छ, यो संकटको बेला धेरै कामहरु गर्नुपर्ने छ। शिक्षाको कोणबाट सकारात्मक हुँदाहुँदै विज्ञान प्रविधिको न्यूनतम आवश्यकतालाई हामीले पूरा गर्न सकेका छैनौँ। अब हामीले विगतदेखि ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिएको छ।

सबैभन्दा महत्वपूर्ण बालबालिकाहरुको भर्ना अभियानलाई हामीले अगाडि बढाएका थियौँ, ‘दिवा खाजा’ त्यो सबैलाई समेट्ने गरेर आएको छ। त्यसलाई सकारात्मक ढंगले लिनुपर्ने हुन्छ। हामीले साक्षर घोषणा गर्ने कार्यक्रम आउने वर्ष त्यसलाई सक्नुपर्छ भनेर आएको छ। त्यो दुई वर्ष देखिको निरन्तरतामा आएको कार्यक्रम हो। प्राविधिक शिक्षालयलाई ७ सय ५३ स्थानीय तहमा पुर्‍याउँछौं भनेको छ, त्यसले निरन्तरता पाएको छ। अहिलेको आर्थिक वर्षबाटै हामीले नेपालको सार्वजनिक शिक्षाको सवलिकरणको लागि दशकीय कार्यक्रम घोषणा गरेका थियौँ। त्यो कार्यक्रम अहिलेको बजेटमा पनि समावेश भएको छ।

 

प्रकाशित मिति: : 2020-06-02 11:40:32

प्रतिकृया दिनुहोस्