कैलालीको चुरे १ मिलनपुरमा खोलाले बगाउँदा २ जना बेपत्ता

कैलालीको चुरे गाउँपालिका वडा न. १ मिलनपुर नजिकै पातली खोलाको छेउमा पाल मुनि अस्थायी शिबिर बनाई बसेका सहजपुर बोक्टान सडक खण्डमा काम गर्ने २ जना मजदुरलाई खोलाले बगाएर बेपत्ता पारेको छ।

सो शिबिरमा बस्ने १६ जना मध्ये २ जना खोलाले बगाएको हो। बेपता हुनेमा जिल्ला कन्चनपुर कृष्णपुर न.पा. गुलरीया बस्ने ४० बर्षको कमल थापा र सोही स्थान बस्ने २४ वर्षको गोपाल बि क छन्।

कमल थापाको साथमा रहेको निजको छोरा पुस्कर थापा भने सुरक्षित छन्।

 १६ जना मध्ये १४ जना मजदुरले भागेर ज्यान बचाएका छन्। बेपता दुबैको ईलाका प्रहरी कार्यालय फल्टुडे, बि.पी. नगर र प्रहरी चौकी घरखेडाको सहकार्यमा खोजी कार्य भइरहेको ईलाका प्रहरी फल्टुडे प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्माले बताए।

प्रकाशित मिति: : 2020-06-01 10:39:05

प्रतिकृया दिनुहोस्