विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ साधारण तारेखमा रिहा

विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा भएका छन्।

२३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएकाे हाे। 

प्रहरीले उनीमाथि राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ ।

प्रकाशित मिति: : 2020-05-31 16:40:46

प्रतिकृया दिनुहोस्