रहेनन् संसारकै वृद्ध व्यक्ति बब ह्विग्टन

बिएल संवाददाता

काठमाडाै‌ं

संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको मृत्यु भएको छ। बेलायतस्थित ह्याम्पसायरका बासिन्दा बब ह्विग्टनको १ सय १२ वर्षको उमेरमा निधन भएको हो।

क्यान्सर रोगबाट पीडित बबको गत बिहीबार मृत्यु भएको हो। बब पूर्वशिक्षक तथा इन्जिनियर समेत हुन्।

जापानका चितेस्तु वातानाबेको मृत्युसँगै गत फेब्रुअरीमा ह्विग्टनले विश्वकै वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस् नाम लेखाएका थिए। तर १ सय १२ वर्षका ह्विग्टनले विश्वका सबैभन्दा वृद्ध व्यक्तिको कीर्तिमान राखिरहेकै बेला दक्षिण अफ्रिकाका एक व्यक्तिले पनि आफू सबैभन्दा बढी उमेरको भएको दाबी पेश गरेका थिए।

१ सय १६ वर्षका दाबी गरिएका फ्रेडी ब्लोमको उमेरका बारेमा गिनिज वर्ल्ड रेकर्डसले प्रमाणित गर्न बाँकी नै छ। यसैको मौका उठाउँदै  ह्विग्टनले केवल ४ महिना मात्र कीर्तिमानीको ताज आफूसँग राख्ने मौका पाए।

उनको जन्म सन् १९०८ को मार्च २९ मा बेलायतको योर्कशायरमा भएको थियो। बाबुआमाका सातजना सन्तानमध्ये एक रहेका ह्विग्टनका तीनजना छोराछोरी, १० जना नाति–नातिनी तथा २५ जना पनाति–पनातिनी रहेका छन्।

प्रकाशित मिति: : 2020-05-31 07:30:52

प्रतिकृया दिनुहोस्