लकडाउन उल्लंघन गरेर पार्टी गर्ने बेल्जियमका राजकुमारमा देखियाे कोरोना

बिएल संवाददाता

बार्सिलाेना

लकडाउनकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बेल्जियमका राजा फिलिपेका २८ वर्षीय भतिज योआखिमलाई कोरोना भाइरसको संक्रमण देखिएको बेल्जियमी राजदरबारले जनाएकाे छ। सत्ताको लाइनमा १० औँ स्थानमा रहेका राजकुमार योआखिममा मध्यम तहको लक्षण देखिएको छ।

 योआखिम मे २६ मा इन्टर्नसिपका लागि बेल्जियमबाट स्पेन गएका थिए।

त्यसको दुई दिनपछि उनी स्पेनको दक्षिणी शहर कोर्दोबामा भएको एक पार्टीमा सहभागी भएका थिए। त्यसबेलासम्म उनमा त्यसबेलासम्म उनमा काेराेना भाइरस भए/नभएकाे  परीक्षण भइसकेकाे थियाे। तर उनकाे रिपाेर्ट आउन बाँकी थियाे।

सञ्चारमाध्यमहरुका अनुसार योआखिम सहभागी भएको पार्टीमा २७ जना उपस्थित रहेका थिए।

कोर्दोबाको लकडाउन नियम अनुसार सो संख्यामा मानिस सहभागी भएर पार्टी गर्नु गैरकानूनी हो। सो क्षेत्रमा अहिले १५ जना भन्दा बढी एक ठाउँमा जम्मा हुन पाइँदैन। यसरी लकडाउन उल्लंघन गर्नेलाई १० हजार युरोसम्म जरिवाना तिराइने व्यवस्था गरिएकाे छ।

 सो पार्टीका सम्बन्धमा सहभागी भएका सबै अहिले क्वारेन्टाइनमा छन्। 

याे घटनाकाे स्पेनिस प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: : 2020-05-31 07:17:34

प्रतिकृया दिनुहोस्