सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक जना महिलासहित ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उनीहरू सबै जनाको स्वाब धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकोमा रिपोर्ट पोजिटिभ आएको उनले बताए।

संक्रमित सबै भारतबाट आएका हुन्। योसँगै सप्तरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-05-30 11:59:55

प्रतिकृया दिनुहोस्