संक्रमणमुक्त भएर घर फर्किनेकाे संख्या २०६ पुग्यो

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर

कोरोना भाइरसको संक्रमण निको भएर थप १९ जना संक्रमित डिस्चार्ज भएका छन्।

पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना कोरोना भाइरस संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म प्रदेश १ बाट ३०, प्रदेश २ बाट १०२,बागमती प्रदेशबाट २०, गण्डकी प्रदेशबाट २, प्रदेश ५ बाट ४७ र सुदुरपश्चिमबाट ५ जना डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या २०६ पुगेको छ। तीमध्य १६२ पुरुष र ४४ जना महिला छन्।

प्रकाशित मिति: : 2020-05-29 18:29:07

प्रतिकृया दिनुहोस्