प्रदेश २ मा ७४ काेराेना संक्रमित थपिए: सामाजिक विकास मन्त्रालय

प्रदेश २ मा बिहीबार ७४ जना काेराेना भाइरस संक्रमित थपिएका छन्। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा ७४ नयाँ संक्रमण फेला परेको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले पुष्टि गरे। 

उनका अनुसार धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित थपिएका हुन्।

महोत्तरीमा  थप १६ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

 प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार बिहीबार पुष्टि भएका सबै संक्रमितहरु भारतबाट फर्किएका हुन्। उनीहरु जलेश्वरको राविम क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए। यसअघि महोत्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित मिति: : 2020-05-28 13:42:48

प्रतिकृया दिनुहोस्