गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले जानकारी दिए।
दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको संयोजक पन्थीको भनाइ छ।
'उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ' उनले भने, 'हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका सामग्री, खेलौनालगायतमा क्षति पु¥याएको छ।'