सेती अस्पतालकाे आइसाेलेशनमा मृत्यु भएका पुरुषको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ।
कैलालीका गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजे आइसोलेशनमै मृत्यु भएको थियाे।
मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टाइनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।