सिन्धुलाल्चोकमा छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ परेका छन्। प्रहरीले १८ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा लम्ची नगरपालिकाका ४३ वर्षीय बाबुलाई पक्राउ गरेको हो।
बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख थलबहादुर तामाङले जानकारी दिए।
अभियुक्तले विगत ४ वर्षदेखि बलात्कार गरेको भन्दै आमाको उजुरी आएको र अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिने तामाङले बताए।