धादिङमा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको छ।
धुनिबेंशी नगरपालिका ६ खानीखोलामा रहेको उद्योगमा आगलागी भएको हो ।
अहिले नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यलय खानीखोलाबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबाट मानवीय क्षति भने नभएकाे खानीखोलास्थित प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए ।
आगलागीमा क्षति कति भयो र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।