कोसी अस्पतालमा थप ४ काेराेना संक्रमित निकाे भए

विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा उपचाररत थप ४ कोरोना संक्रमित निकाे भएका छन् ।

कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएकाे हाे।  निकाे हुने ३ महिला र १ पुरुष  उदयपुर भुल्केका हुन । 

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ जना छ ।

 

प्रकाशित मिति: : 2020-05-27 15:05:04

प्रतिकृया दिनुहोस्