राप्रपा संविधान संशोधनको पक्षमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बुधबार सम्पन्न वैठकले विद्येयकको समर्थन गर्ने निर्णय लिएको हो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले मंगलबार सम्पन्न सर्वदलीय वैठकमा प्रस्तुत विचार
छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने असाध्यै राम्रो काम भएको छ । यो उचित र सह्रानीय कार्यको हामी पक्षमा छौं ।

यसै सन्दर्भमा आज सर्वदलीय वैठक आह्वान भएको छ । निश्चित रूपमा सरकारको आफ्नै तयारी छ नै होला । यद्यपि अभिवाज्य भूमि संलग्न गरेर नक्सा निर्माण गर्ने क्रमको प्रारम्भबाटै सर्वदलीय प्रयास भएको भए, अरू दल सबैले सरकारको सकारात्मक प्रयासमा बल दिने, योगदान गर्ने अवसर प्राप्त हुन्थ्यो । राष्ट्रिय मुद्दा राष्ट्रिय रूपमै सम्बोधन गरौं, सर्वदलीय प्रयासलाई जारी राखौं ।

आफ्नो भूमि फिर्ता लिने क्रममा भएको नक्सा निर्माणबारे दुइमत छैन । यसमा प्रधानमन्त्री र सरकार धन्यवादका पात्र छन् । तर कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नक्सा जारी गरेर मात्र नेपाली भूमि फिर्ता आउने होइन । भोगचलनको तहमा जान नेपाल र भारतबीच द्विपक्षीय वार्ता जरूरी छ । तर हालसम्म यस दिशामा प्रभावकारी पहल भएको देखिन्न ।

कुटनीतिक प्रयास फितलो भएको हो कि ? कमी कमजोरी के हो ? सरकारले यसमा पूर्ण ध्यानकेन्द्रीत गरेर यथाशिघ्र द्विपक्षीय वार्ताको तिथि मिति निश्चित गर्न जरूरी भएको छ । नक्सा बमोजिम नेपालको सार्वभौम भूमि फिर्ता लिनु पर्छ भन्ने जनमत छ, राष्ट्रिय आवश्यक्ता र चाहना पनि यही हो । यसकारण वार्तामा विलम्ब नगरौं ।

प्रकाशित मिति: : 2020-05-27 14:31:26

प्रतिकृया दिनुहोस्