गर्मीका कपडा बनाउन व्यस्त गार्मेन्ट उद्योग

नेपालगञ्जका गार्मेन्ट उद्योगलाई गर्मीयाममा लगाइने कपडा उत्पादन गर्ने चटारो छ। टिसर्ट, हाफपाइन्ट, पाइन्टलगायत गर्मी मौसमका कपडा बनाउन उद्योगका मजदूर रातदिन व्यस्त छन्।
 
अहिले उत्पादन शुुरु गरे गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्ने बताउदैं कमल गार्मेन्ट उद्योगका सञ्चालक टङ्कसिंह धामी भन्छन्, 'त्यसैले गर्मि लगाउने कपडा तयार गर्दैछौं।' 

त्यहाँ सानाठूला गरी दुई दर्जनभन्दा बढी गार्मेन्ट उद्योग सञ्चालनमा छन्। गार्मेन्ट उद्योगको ठूलो बजार भएकाले उत्पादन भएका कपडा प्रदेश नं ५ का पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको उनले बताए।

 न्यू लुम्बिनी गार्मेन्ट उद्योगकी सञ्चालिका कश्मिरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो मौसमअनुसारका कपडा उत्पादन हुने गरेको बताउदैं उनले भनिन्, 'अहिले गर्मीयामको कपडा उत्पादन गरिरहेका छौंँ। हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौंँ।' बन्दाबन्दीअघि नै बाहिरबाट ल्याइएको कच्चा पदार्थले कपडा उत्पादन गरिरहेको व्यवसायी  बताउँछन्। 

प्रकाशित मिति: : 2020-05-27 13:50:24

प्रतिकृया दिनुहोस्