सोती घटना: भेरी नदीमा हराइरहेका युवकहरुकाे खाेजि गर्न गाेताखाेर टाेली परिचालन

बिएल संवाददाता

पश्चिम रुकुम

शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ भेरी नदीमा वेपत्ता भएकाहरु खोजी गर्ने सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल जाजरकोटस्थित आश्रित गुल्मबाट डिएसपीको कमाण्डमा चार जना गोताखोर सहितको ११ जना सशस्त्र प्रहरी र पश्चिम रुकुमबाट नायब निरीक्षकको कमाण्डमा ४ जना बिपद् ब्यबस्थापन तालिम प्राप्त १८ जना सशस्त्र प्रहरी सहितको टोलि पठाइएको हो।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो।

भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ। उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन्। 

प्रकाशित मिति: : 2020-05-27 12:33:05

प्रतिकृया दिनुहोस्