वालुवा निकाल्दै गरेका दम्पतीको माटोको ढिस्कोले पुरिएर मृत्यु

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर जिल्लाको नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिएका छन् ।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाई छ।

प्रकाशित मिति: : 2020-05-27 09:50:00

प्रतिकृया दिनुहोस्