संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको संविधान संशोधन प्रस्ताव आज बुधबार संसदमा बैठक पेश हुँदै। संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ।

सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो।

तर लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो। संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो।

त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो। त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।
 

प्रकाशित मिति: : 2020-05-27 07:35:00

प्रतिकृया दिनुहोस्