विदेशमा अलपत्र नेपालीलाई समयमै उद्धार गर्छौं : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीलाई समयमै उद्धार गरिने बताएका छन्।  सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने कोरोना महामारीका कारण विदेशमा अलपत्रमा परेका नेपाली नागरिकलाई समयमै उद्धार गरिने बताएका हुन्।

‘विदेशमा अलपत्र नेपालीहरुलाई समयमै उद्धार गर्छौं। अलपत्र परेका नागरिकलाई सरकारले सन्तुलन मिलाएर उद्धारको काम सुरु गर्नेछ,’ उनले भने,‘सरकार नागरिकप्रति संवेदनशील छ।’

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण विदेशमा लाखौं नेपाली नागरिक अलपत्र परेका छन् भने रोजगारी तथा अध्ययनका लागि गएका नेपालीले पनि स्वदेश फर्किने इच्छा देखाएका थिए। विदेशमा अलपत्र रहेका नागरिकलाई उद्धार नगरिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।

प्रकाशित मिति: : 2020-05-25 17:47:56

प्रतिकृया दिनुहोस्