प्रेम बचाउँदा मर्दै गएको जीवनको आश

रातोपाटी

काठमाडौँ

टुना भट्ट

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। साेही बहसको दोस्रो श्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेसँग रातोपाटीका लागि टुना भट्टले गरेका कुराकानीको सम्पादित उतार ।

नेपालमा आरडीटी परीक्षणमा पोजेटिभ आएर आतंकित बनाउने अनि पिसिआर परीक्षणमा चाहिँ नेगेटिभ आउने घटनाहरु बढी नै आइरहेका छन् । वास्तवमा यस कुराले के संकेत गरिरहेको छः नेपालमा पहिले नै संक्रमण विद्यमान थियो र त्यो निको भइसकेको हो वा अहिले अपनाइएको परीक्षणका तौरतरिकामा नै सोच्नुपर्ने बेला आएको हो?

पीसीआर परीक्षण आधिकारिक परीक्षणविधि हो । यो विधिमा सिधै भाइरस छ कि छैन हेरिने भएकाले पीसीआर परीक्षण पोजेटिभ आयो भने त्यो सतप्रतिशत भाइरस संक्रमण छ भन्ने थाहा हुन्छ । पीसीआर परीक्षण गर्दा संक्रमण छ भने भएकै दिनदेखि संक्रमण रहने दिनसम्मै पोजेटिभ देखाउँछ । तर आरडीटी परीक्षणले भाइरस देखाउने होइन, एन्टिबडी देखाउने हो ।

सामान्यतया कोरोना संक्रमण भएको एक हप्तापछि शरीरले कोरोनासँग लड्नका लागि एन्टिबडीको विकास गरेको हुन्छ । त्यही एन्टिबडी देखिने हो आरडीटीमा । यो संक्रमण भएको एक हप्तापछि मात्र देखिन्छ । संक्रमण सुरुको अवस्थामा छ भने आरडीटी नेगेटिभ देखिन्छ । आरडीटी पोजेटिभ छ र पीसीआर पनि पोजेटिभ छ भने चाहिँ संक्रमण दोस्रो अवस्थामा छ भन्ने बुझ्नुपर्छ । यो वेला भाइरस पनि देखिने भयो र एन्टिबडी पनि देखिने भयो ।

प्रकाशित मिति: : 2020-05-25 08:20:46

प्रतिकृया दिनुहोस्