कैलाली, धादिङ र सर्लाहीमा ३ जना मृत अवस्थामा फेला परेका छन्।
कैलालीको गौरीगंगा नगरपालिका-५ बस्ने ३५ वर्षीय चन्द्र बोगटी सोही नगरपालिका-७ मटकौनास्थित खरको झाडीमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्।
जेठ ६ गते बिहान सोही ठाउँस्थित कैलाशपुर जान्छु भनी गएका उनी घर फर्की नआएकाले खोजी गर्नेक्रममा उक्त स्थानमा शव फेला परेको हो।
यसैगरी धादिङको गजुरी गाउँपालिका-५ जहरखेतस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको शव आइतबार दिउँसो फेला परेको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका-६ कामद बस्ने दुलार मुखिया पनि आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।