सैन्य तथा परमाणु क्षमता विस्तार गर्ने तयारीमा उत्तर काेरिया

बिएल संवाददाता

काठमाडाै‌ं

उत्तर कोरियाले देशको सैन्य तथा परमाणु क्षमता बिस्तार गर्ने तयारी थालेको छ। 

देशको सैन्य क्षमता बिस्तारको उपाय तथा नीतिहरु तय गर्नका लागि सत्ताधारी कम्युनिष्ट पार्टीको बैठक बसेको उत्तर कोरियाको सरकारी समाचार संस्था समाचार संस्था कोरियन सेन्ट्रल न्यूज (केसिएनए) जनाएको छ।

केसिएनएले आइतबार जनाएअनुसार वर्कर्स पार्टी अफ कोरिया (डब्लुपिके) को केन्द्रीय सैन्य कमिसनको बिस्तारित बैठकमा सैन्य क्षमता बिस्तार सम्बन्धमा छलफल भएको छ।

सर्वोच्च नेता किम जोङ–उनको अध्यक्षतामा बसेको बैठकले देशको सर्वाभौमसत्ताको रक्षा तथा स्थिरता कायम गर्नका लागि सैन्य क्षमता थप बलियो बनाउनु पर्ने भएकोले त्यसको रणनीति बारे स–बिस्तारमा छलफल भएको केसिएनएले उल्लेख गरेको छ।

बैठकले देशको सैन्य क्षमता बिस्तारका लागि परमाणु बिस्तार थप गर्ने सम्बन्धी नीति तय गरेको र देशको रणनीतिक सैन्य शक्तिलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेको जनाइएको छ।

यसका साथै उक्त बैठकमा देशको आणविक युद्ध रोक्न र सशस्त्र सेनालाई उच्च सतर्कताका लागि अगाडि बढाउन नयाँ नीति बनाउने बारेपनि छलफल भएको बताइन्छ।

उत्तर कोरियाको आणविक कार्यक्रमहरूलाई रोक्ने उद्देश्यले अमेरिकाको नेतृत्वमा गत वर्ष वार्ता टोली गठन गरिएको थियो। अहिले उत्तर कोरियाले केही कार्यक्रम रद्दसमेत गरेको छ। विशेष गरी कोरोना भाइसमा विश्वव्यापी लडाई शुरू भएपछि उसले कुनै नयाँ परीक्षण गरेको छैन।
 

प्रकाशित मिति: : 2020-05-24 11:04:55

प्रतिकृया दिनुहोस्