अहिले धेरै भारतीय कम्पनीहरू कोरोना भाइरस (काेभिड–१९) संक्रमणलाई नियन्त्रण गर्न खोप बनाउनमा व्यस्त छन्। तर विज्ञहरूका अनुसार यी सबै कम्पनीहरूको अनुसन्धान हाल प्राथमिक चरणमा छ। र अर्को एक वर्षभित्र स्वदेशमा खोपहरू विकास गर्ने सम्भावना छैन।
केन्द्र सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न खोपहरू तयार पार्ने कोसिश गरिरहेको छ। यसका लागि प्रधानमन्त्री केयर कोष ट्रस्टबाट १०० करोड रूपैयाँ पनि घोषणा गरिएको छ।
केन्द्रीय सरकारसँग खोप विकासमा समन्वय गर्न बायोटेक्नोलोजी विभागको नोडल एजेन्सी गठन गरेको छ।
गत महिनादेखि जायड्स कैडिला दुई भ्याक्सिन मोड्युलमा काम गरिरहेको छ। यता सीरम संस्थान बायोलोजिक्स–ई, भारत बायोटेक र भारतीय इम्यूनोलोजिकल एक/एक खोप मोड्युलको लागि काम गरिरहेका छन्।
यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि उक्त कम्पनीहरुलाई अधिकृत खोप उत्पादकहरूको विश्वव्यापी सूचीमा समावेश गरेको छ।
भाइरोलाेजिष्ट शाहिद जमीलले भने, ‘भारतको खोप उत्पादन क्षमता अत्यधिक प्रशंसनीय छ। कम से कम तीन कम्पनीहरु, सीरम इन्सिट्युट, भारत बायोटेक र बायोलजिक्स–ई उनीहरुका अन्तर्राष्ट्रिय सहयोगकर्ताहरुसँग समन्वयन गरेर कोरोना खोपको विकासको लागि महत्वपूर्ण काम गरिरहेका छन्।’
बायोटेक्नोलजी विभाग र वेलकम ट्रस्टको बायोटेक विभागका सीईओ शाहिदले अगाडि भनेका छन्, ‘हाल भारतमा कोरोना खोपको बारेमा अनुसन्धान धेरै प्रारम्भिक चरणमा छ। कुनै पनि कम्पनीले यस वर्षको अन्त्यसम्ममा जनावरहरूमा परीक्षणको तहसम्म पुग्न सक्ने लक्षण देखाएका छैनन्।’
यद्यपी भारतीय खोप कम्पनीहरूसँग अपार सम्भाव्यता र विशेषज्ञता रहेको उनी बताउँछन्। ‘उनीहरूले कोविड–१९ खोप मार्केटमा ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्,’ उनले भने,‘यो अनुभव संस्था, उद्योग र नियामकर्ताहरुलाई भविष्यको लागि सहयोगपूर्ण सावित हुनेछ।’
सेन्टर फर सेलुलर एण्ड मोलिक्यूलर बायोलोजी (सीएसआईआर)का निर्देशक राकेश मिश्राले भने, ‘हामीलाई थाहा छ, यस समयमा खोप विकासको माथिलाे चरणमा छैनौं। धेरै कम्पनीहरूले खोप विकासको प्रक्रिया सुरु गरेका छन्। तर,तदनुसार परीक्षणको तहमा केही छैनन्।’
उनले थपे, ‘धेरै जसो भारतीय कम्पनीहरूले विदेशी संस्थाहरूसँग सम्झौता गरेका छन्। अन्य देशहरू हामी भन्दा अन्तिम चरणमा छन्। केही परीक्षणको तेस्रो चरणमा पुगेका छन्। भारतको कुनै पनि कम्पनीले अहिलेसम्म खोप तयार पारेर दिएको छैन। परीक्षण चरणमा छैन र उनीहरू तयारीको पूर्व क्लिनिकल चरणमा छन्।’
यद्यपी मिश्रले यो कोरोना संक्रमणको अन्य देशहरूको तुलनामा २ देखि ३ महिना पछि भित्रिनुले पनि खोपको काम ढिला भएको बताउँछन्। उनले भने, ‘परीक्षण गर्न एक निष्क्रिय भाइरस थिएन र कुनै तत्काल आवश्यक छैन।’